पर्वत, जेठ-८, विश्व स्वास्थ्य संगठनले कोभिड—१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ । तर नेपाल लगायतका देशमा कोभिडका गम्भिर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको छ । आपतकालीन अवस्थामा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि डब्लूएचओले औषधी सूचीबाट हटाएको हो ।
केही समय अघिदेखि नै कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओले आग्रह गर्दै आएको थियो । विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि हाल कोरोना उपचारको औषधिको सूचीबाट हटाएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधिले काम नगर्ने भनिरहँदा नेपालमा भने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन गर्न लागिएको हो । औषधी उत्पादनका लािग अनुमती दिएपनि बजारमा बिक्रिका लागि विभागले अनुमति दिएको छैन । नेपालमा कोरोना संक्रमित बढेसँगै रेम्डेसिभिर औषधीको माग बढ्दो छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )