पर्वत, जेठ-८, नेपाली कांग्रेसले आकस्मिक रूपमा बैठक बोलाएको छ । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले आज बिहान ९ बजेपछि बस्ने गरी पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउने तयारी भइरहेको बताउनु भएको छ । राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेसले आकस्मिक रूपमा बैठक बोलाएको हो ।
राष्ट्रपतिको कदमपछि कसरी अगाडि भन्ने रणनीति तय गर्न कांग्रेसले पदाधिकारीको बैठक बोलाएको हो । महतले आजको बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभएको छ । बैठक देउवा निवास बूढानिलकण्ठमा बस्ने कार्यक्रम रहेको बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )