पर्वत, जेठ- ७ अष्ट्रेलियाले नेपाललाइ आर्थिक सहयोग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि अष्ट्रेलियाले नेपाललाइ ७० लाख डलर प्रदान गर्ने घोषणा गरेको हो ।
अष्ट्रेलियाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि सहयोग गर्न लागेको हो । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।
अष्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले भनेकी छिन्, ‘अष्ट्रेलियाको सहयोग प्रत्यक्षरुपमा सबैभन्दा धेरै आवश्यक परेका मुलुकलाई जानेछ । अष्ट्रेलियामा रहेका समुदायहरु पनि आफ्ना नेपाल, बंगलादेश र श्रीलंकामा रहेका आफ्ना परिवार र साथीहरुको चिन्ता गरिरहेका छन् ।’
अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि सहयोगको घोषणा गरेको छ । बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )