काठमाडौँ, जेठ-६, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।
उक्त पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।
राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि दलहरुलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिनुभएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )