पर्वत, जेठ-६, गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने चाहना राख्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादललाई पदमुक्त गरेसँगै अब उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले गैर सांसदलाई दोहो¥याएर मन्त्री बनाउनु प्रथम दृष्टिमै संविधानविपरीत भएको ठहर गरेपछि बिहीबारदेखि नै बादलसहित पूर्व माओवादीका ७ मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । बिहीबारै भएको राष्ट्रियसभाको उप चुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको हो । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमाले जनका लागि खाली भएका छन्
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )