पर्वत, जेठ-५, लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे ।
खेलको १९औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८१औँ मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजी २–० ले विजयी भयो । योसँगै पीएसजीले १४औँ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )