पर्वत, जेठ-४, प्रतिनिधि सभाका सांसद पदम गिरीले जिल्लाका लागि स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनु भएको छ । सांसद गिरीले विभिन्न निकायहरुसंगको सहयोगमा जिल्लाका लागि आवश्यक अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु संकलनगरी पर्वत अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।
आज उपलब्ध गराइएका सामानहरुमा आधुनिक बेड-२० थान, अक्सिजन सहितको सिलिन्डर-८ वटा, अक्सिजन कन्सेन्ट्रेटर-३ थान, वेड डन्लब- २० थान,अक्सिमिटर, पिपिई सेट, पन्जा, मास्क, चश्मा, फेस सिल, ग्राउन लगायतका सामग्री रहेका छन् ।
कोरोना कहरको पहिलो साता निकै ठूलो समस्या देखिएको अक्सिजन सिलिण्डरको समस्या विस्तारै कम भएको देखिए पनि पर्वत जिल्ला अस्पतालमा मौज्दात रहेका सिलिण्डर र आइसोलेसन बेडले विरामीको चाप धान्न नसक्ने भएपछि सांसद गिरीले अक्सिजनका सिलिण्डर तथा शैया सहितका स्वास्थ्य सामाग्रीहरु पर्वत अस्पतालका लागि उपलब्ध गराउनुभएको हो ।
पहिलो चरणमा जिल्ला स्तरीय अस्पताललाई सुविधा सम्पन्न बनाउने र लगतै पालिकाहरुमा रहेका अस्पतालहरुमा पनि सुविधाहरु थप्ने गरी पहल गर्ने गिरीले बताउनुभएको छ । विरामीको उपचारका लागि जनशक्ति भएको ठाउँमा पनि अक्सिजन र आइसोलेसन शैयाको अभाव रहँदै आएको छ ।
प्रयाप्त सामाग्रीहरु उपलब्ध गराउन नसकिएको स्विकार गर्दै जति उपलब्ध हुन्छ यसैबाट काम चलाउँदै जाँदा श्रोत र साधनहरु क्रमशः थप हुने उहाँले बताउनी भयो । महामारी नियन्त्रण गर्ने विषय सवैको साझा विषय भएका कारण स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर कामगर्दै महामारी नियन्त्रण गर्नुपर्ने उहाँको भनाई छ । गिरीले गाउँपालिकाहरुले गरेको काम निकै प्रशसंनीय भएको उल्लेख गर्दै यस कार्यमा सवै जनप्रतिनिधि नागरिक समाज र बुद्धिजीविहरुले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।
सांसद गिरीले उपलब्ध गराएका सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डे, प्रहरी नायव उपरिक्षक विशव विश्वराज अधिकारी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी र अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेलको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।
सांसद गिरीले कोरानो रोगको नियन्त्रण कार्यमा गतबर्ष नै आफ्नो सांसद पदबाट आउने ३ महिनाको तलब समेत पर्वत अस्पताललाई आइसोलेसन निर्माणका लागि प्रदान गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )