म्याग्दी, जेठ-२, म्याग्दीको मङ्गलामा कोरोना संक्रमित बोक्ने गाडी तोडफोड भएको छ । शनिबार राती बेनीबाट बाबियाचौर जादै गरेको ग १ प ४१६ नम्बरको जीप मंगला गाउपालिका सिमलचौरमा तोडफोड भएको हो । राती करिव १२ बजे तिर तोडफोड भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गाडी तोडफोड गर्ने दुइजना सिमलचौरका ३५ बर्षीय रमेश बानिया र २६ बर्षीय जीवन बानियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले गाडी तोडफोड गरेर चालक रामु गिरीलाई कुटपि गरेको प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनुभयो ।
मदिरा सेवन गरेका बानियाद्वयले गाडी रोकेर आक्रमण गरेका थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोका र चालक गिरि बिरामीलाई बेनी अस्पतालमा छोडेर बाबियाचौर फर्कदै हुनुहुन्थ्यो । चालकलाई सामान्य चोटपटक लागेको छ भने तोडफोडबाट गाडीको अगाडिको सिसा र बिचको सिसाको एउटा झ्याल फुटेको छ । तोडफोड गरेको गाडी अहिले प्रहरी कार्यालयमा राखिएको छ ।
गाउँपालिकाका पधाधिकारी र कर्मचारी चढ्दै आएको सो गाडी, भित्रै अक्सिजन सिलिन्डर जडान गरेर बिरामी र संक्रमितलाई स्वास्थ्य संस्था / अस्पताल पुर्याउने काममा प्रयोग हुदै आएको प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )