तिलु शर्मा पौडेल,
दोहा कतार, मे -१५,
म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका छन् । कोरोनाको चपेटामा परेका जिल्लावासीहरूको घाउमा मलहम लगाउन कतारमा रहेका प्रवासी म्याग्देलीहरुले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका हुन् ।
म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्थाका वरिष्ठ उपाध्यक्ष राजु पौडेलको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरी अभियानलाई अगाडि बढाएको हो । गृह जिल्ला पिडामा रहदॉ आफूहरू निर्धक्क रूपमा प्रवासमा रहन नैतिक र सामाजिक दायित्वले दिँदैन भन्दै मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले विगतका अभियान झैँ यस अभियानमा पनि सबैले सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।
सहयोग अभियान कतारमा मात्र सीमित नरहोस् भन्ने हेतुले नेपालको बैकको खाता नम्बर पनि उपलब्ध गराएको संयोजक पौडलले बताउनु भएकाे छ । उहाँले अभियानमा विश्वका हरेक कुनाबाट सहयोग गर्न सकिने जानकारी दिनु भयो । सङ्घ कतार तथा जिल्लामा अग्रणी सहयोगी संस्थाको रूपमा परिचित छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )