पर्बत, बैशाख-३१, पछिल्लो २४ घण्टामा गण्डकीमा ६८० जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गण्डकीका १७५८ जनाको नमुना परीक्षण गर्दा ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत सबै भन्दा धेरै कास्कीका ३०६ जना, तनहुँका २७ जना, गोरखाका ७४ जना, लमजुङका ४६ जना र नवलपुरका ८७ जना छन् ।
यस्तै, स्याङ्गजाका २३ जना, पर्वतका ६१ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ५२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३५ पुगेको छ।
जारी विज्ञप्ति अनुसार आज कोरोना पुष्टि भइ थप २३ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु मध्ये २२ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने, एक जनाको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा ज्यान गएको हो।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४१ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )