काठमाडौं, वैशाख-३०, केपी ओली पुनः प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको छ । बहुमतको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को योजना लगभग टरे पछी यो सम्भावना देखिएको हो । एमालेका माधव नेपाल खेमाका सांसदले राजीनामा नदिएपछि बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका कांग्रेस र माओवादीको त्यो सम्भावना अब टुङ्गिएको हो।
जसपाभित्रको अन्यौल र एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको हो।
कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो तर त्यसो हुन सकेन। नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि कांग्रेस-माओवादीले गरेको आसाको त्यान्द्रो चुडिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिनुभएको छ ।यो समयभित्र बहुमतको सरकारको लागी कसैले दाबी गर्न नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ३ अुनसार संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बन्नेछ र अहिलेका कामचलाउ प्रधानमन्त्री ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )