पर्बत, बैशाख-३०, सिद्दार्थ बैंक लिमिटेडले कोरोना नियन्त्रणका लागी आर्थिक सहयोग गरेको छ । बैंक कोभिड-१९ रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी आफ्ना शाखाहरू रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको बैंकले बताएको छ ।
अहिलेको बिकराल अवस्थामा पनि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा बैंकले देशभरका विभिन्न शाखाहरूबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले ग्राहकहरूको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ सेवा उपलब्ध गर्दै आइरहेको जनाएको छ । आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइदिन बैंकले आग्रह समेत गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )