पर्बत, बैशाख-२७, कोरोनाका कारण नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय ८८ एन्टीजेन परीक्षणबाट देशभर ९ हजार २७१ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३ हजार ९४ पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये ३ हजार ६०७ जना काठमाडौं उपत्यकामै भेटिएका छन् । जसमध्ये काठमाडौंमा सर्वाधिक २ हजार ७७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् ।
देशभर एकदिनमा ४ हजार ७ जना निको भएर घर फर्कँदा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । अहिले ९३ हजार १४१ जना सक्रिय संक्रमित हुँदा आईसीयूमा ९ सय १० जना र भेन्टिलेटरमा २ सय ९५ जना रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )