पोखरा, बैशाख-२६, कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कास्की जिल्लामा निषेधाज्ञा जारी भएकको छ मठ मन्दिरमा पुजाआजा गर्न रोक लगाइएको छ । मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएका कारण भक्तजन आउन छोडे पछि परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुन नदिन विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले नियमित चाराको व्यवस्थापन गराएको छ ।
अघिल्लो वर्षको लामो समयको बन्दाबन्दीमा पनि समितिले चारा व्यवस्थापन गरेको थियो विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो ।पूजाआजामा रोक लगाइएसँगै भक्तजनको आगमन बन्द भए पछि चराचुरुङ्गीलाई हुने आहाराको समस्या नहोस् भन्दै चारा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
अघिल्लो वर्ष कोरोना महामारी शुरु भएपछि बन्दाबन्दीको समयावधि सहित झण्डै सात महिना मन्दिरमा पूजाआजामा रोक लगाइएको थियो ।यस वर्ष पनि कोरोना महामारी बढ्दै जान थालेपछि वैशाख ९ गतेबाट मन्दिरमा नियमित बाहेकको पूजाआजामा रोक लगाइएको जानकारी दिनुभयो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )