पर्बत, बैशाख-२६, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले आफ्नो राजीनामा पत्र प्रदेश प्रमुख सित कुमारी पौडेल समक्ष बुझाइ सक्नु भएको छ । अविश्वासको प्रस्तावमाथिको मतदानको अघिल्लो दिन उहाँले राजीनामा दिनुभएको हो ।
‘गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङले मिति २०७८ |०१।२६ मा नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले हालसम्म वहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिदै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिन भित्र सरकार गठन गर्न आव्हान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ’ प्रदेश प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री गुरुङले आफूविरुद्ध आएको अविश्वास प्रस्ताव पास हुने भएपछि आज राजीनामा दिनुभएको हो । माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा हुनुहुन्थ्यो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )