पर्बत, बैशाख-२६, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि छलफल गर्न आग्रह गरेका छन् ।
संसद् सचिवालयमा राजीनामा दिन गएका नेता नेपाललाई टेलिफोन गर्दै उनले एकताका लागि अन्तिम प्रयास गर्न भनेका हुन् । ‘मेरो तर्फबाट छलफल गर्न विष्णु पौडेल र सुवास नेम्बाङ आउँदै हुनुहुन्छ । एकताका लागि संवाद गरौँ,’ प्रधानमन्त्रीको आग्रहबारे सुवास नेम्बाङले भने ।
संसद् सचिवालयमा नेता नेपालसँग कुरा गर्न आफूहरू त्यसतर्फ लागेको नेता नेम्वाङले बताए ।
संसद् सचिवालयमै नेता नेपालसँग ओलीका प्रतिनिधिका रूपमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ ।
श्रोत: शिलापत्र
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )