पर्बत, बैशाख-२५, कोरोना संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । दाहालको ४० वर्षको उमेरमा उपचारको क्रममा शनिवार बिहान निधन भएको हो।
वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकार दाहालको निधन प्रत शोक प्रकट गर्नु भएको छ बिज्ञप्तीमा उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।
उहाँ नेप्लिज तेक्वान्दो एकेडेमिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो । दाहालको निधनप्रति तेक्वान्दोका मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले दुःख व्यक्त गर्नु भएको छ ।
कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने । ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )