पर्बत, बैशाख-२४, पर्बतको जलजलामा एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाको जलाजला गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनामा मृत्यु भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. विनोद विन्दु शर्माले विज्ञप्ति मार्फत सो कुराको जानकारी दिनु भयो ।
मृतक पुरुषको बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो होम आइसोलेसनमा बसेको अवस्थामा स्वासप्रस्वासमा समस्या आइ उहाँको निधन भएको बताइएको छ । मृतकको शरीरलाई बिहिबार नै कोभिड ब्यबस्थापनको विशेष टोलीले कालिगण्डकी नदीमा अन्तिम संस्कार गरेको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले भने शुक्रबार एक बिज्ञप्ति प्रकाशित गरि कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
बिज्ञप्ति
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )