लमजुंग, २२ बैशाख, लमजुङमा ७ बर्षीय बालकको हत्या भएको पुष्टी भएको छ । चैत ३० देखि बेपत्ता भएका जिल्लाको दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका ७ बर्षीय युकेश गुरुङ वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारेपछी अनुसान्धान शुरु भएको थियो ।
चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमा ४८ वर्षीय फूलमाया विकले प्रयोग गर्ने ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए ।
प्रहरीले, सानै उमेरमा भवितव्य हुन नसक्ने र उक्त ठाउँमा जाने कुनै कारण नभएकोले कर्तव्य नै हुनुपर्छ भन्ने कोणबाट अनुसन्धान थालेको थियो अन्तत सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएका थिए । प्रमाण नहुँदा प्रहरीले पक्राउ गर्न सकेको थिएन । फूलमायाले ‘होइन’ भन्दै छोरालाई चुप लाग्न भनेकी थिइन् । अन्तत प्रमाण जुटाउदै बैशाख १२ गते घरबाटै फूलमाया विकलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लामजुंगका प्रमुख डीएसपी गंगाबहादुर थापालेडीएसपी थापाले बताउनुभयो ।
हत्या गरिएका बालक युकेश गुरुङ गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे । आमाले छाडेर हिँडेपछि ७ वर्षीय युकेश गुरुङ बुबा राजकुमार र हजुरआमासँगै बस्दै आएका थिए ।
त्यसैगरी हुम्लाको सिमकोटमा एक आठ बर्षिया बालिकाको संकास्पद मृत्यु भएको छ जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा साथीसँग खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहरालाई गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा मृतावस्थामा भेटाइएको बताइएको छ।
स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद रहेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ। बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )