पर्बत, २१ बैशाख, कोरोना संक्रमणबाट आज पर्वतमा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा ८४ वर्षीय वृद्धको मृत्यु भएको हो ।
पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस अघि आजै २ जना कोरोना संक्रमित पुरुषको पोखराको चरक मेमोरियल अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ । गण्डकी प्रदेशमा आज थप ३ जना पछि संक्रमणबाट निधन हुनेको संख्या २३५ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )