नयाँदिल्ली, मे-४, भारतमा मे महिना सुरू भएसँगै केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्न थालेको देखिएको छ। महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा केही दिनयता दैनिक संक्रमित थपिने क्रम घटेको छ।
सरकारले भने अहिले नै कोरोना संक्रमण घट्न थाल्यो भनेर ढुक्क हुने स्थिति नभएको बताएको छ। संक्रमण घटे पनि भारतमा अहिले पनि दैनिक मृत्यु हुनेको संख्या ३ हजारभन्दा माथि छ। सोमबारमात्रै ३ हजार ४ सय ३४ संक्रमितले ज्यान गुमाएका छन्।
यसअघि अत्याधिक संक्रमण फैलिएका राज्यमा संक्रमण दर घटे पनि बिहार, आन्ध्रप्रदेश, केरला राज्यमा भने दैनिक संक्रमण बढिरहेको छ।
नेपाल संग सिमाना जोडिएका बिहार राज्य र यसको खुल्ला सिमानाका कारण नेपालले ठ सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
भारतमा अहिलेसम्म २ करोड २७ लाख बढी मानिसमा कोरोना संक्रमण भएको छ भने २ लाख २२ हजारले ज्यान गुमाएका छन्। अहिले भारतमा ३४ लाख कोरोनाका सक्रिय संक्रमित छन्।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )