बेनी, २० बैशाख, कोरोना रोकथाम तथा नियन्त्रणका लागी बेनीमा सर्वपक्षीय भेला सम्पन्न भएको छ । बेनी नगरपालिकाले कोरोना रोकथामका लागि रणनीति बनाउन सोमबार सर्वपक्षीय बैठक बोलाएको हो ।
बैठकले २०७८ बैशाख २२ गते राति १२ बजे देखि दश दिनका लागि निषेधाज्ञा गर्न डिसिसिएमसी र जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेकाे छ ।
आज भएको भेलामा उद्योगी ब्यबसायीले भने तत्काल लकडाउन नगर्न आग्रह गरेका छन । आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसके उद्योगी ब्यबसायी बिस्थापित हुने अवस्था आउने भएकोले पूर्ण रुपमा लकडाउन नगर्न आग्रह गएका छन् ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको डिसिसिएमसी र सुरक्षा समितिले सिफारिसको आधारमा निषेधाज्ञाको निर्णय गर्न सक्नेछ् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )