म्याग्दी, २० बैशाख, म्याग्दीका उद्योगी व्यवसायीले लकडाउनको बिकल्प खोज्न आग्रह गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागी आज बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय छलफलमा उद्योगी व्यवसायीले तत्काल लकडाउन नगर्न आग्रह गरेका हुन् ।
म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यले स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण गर्नमा जनप्रतिनिधि र प्रशासन उदासीन देखिएको तर्फ इंगित गर्दै म्याग्दीमा कोरोना संक्रमण दर उच्च रहेको तर प्रशासन र स्थानिय तहको भुमिका न्यून भएको आरोप लगाउनुभयो ।
ब्यबसायीहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसके उद्योगी व्यवसायी विस्थापित हुने अवस्था आउने हुदा पुर्ण रुपमा लकडाउन नगर्न आग्रह गरेका छन् । बरु स्वास्थ मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न पाउनुपर्ने वातावरण बनाउन समेत समेत आग्रह गरेका छन् ।
तर जनप्रतिनिधिले भने नगरपालिकामा कोरोनाको संक्रमण दर बढ्दै गएकोले तत्काल लकडाउन गर्नुपर्नेमा जोड दिएका छन । बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा अहिले छलफल जारी रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )