कास्की, बैशाख-१९, कास्कीका ३६८ सहित प्रदेशभर आइतबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या गण्डकी प्रदेशमा कोरोना पुष्टि भएको हालसम्मकै धेरै हो । यसअघि पहिलो लहरमा प्रदेशमा सबैभन्दा धेरै ३४२ जनामा कोरोना पुष्टि भएको थियो ।
स्याङ्जाका १०४, नवलपुरका २९, म्याग्दीका २३, तनहुँका १४, मुस्ताङका १३, पर्वतका ९, लमजुङका आठ, बागलुङ र मनाङका चार–चार जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए । पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )