पर्वत, वैशाख-१७, जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समिति पर्बतले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार आज बसेको वैठकले कोरोना संक्रमणको दर बढ्दै गएपछि आगामी आइतबार देखि सदरमुकाममा एक हप्ते निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार १८ गते राती १२ बजे देखि एक हप्ता सदरमुकाम कुश्मा बजार भित्र सवारी साधन बन्द हुनेछन भने अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द हुनेछन् । अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर ननिस्कन समेत प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ । अत्यावश्यक सेवा अन्तर्गतका पसलहरु पनि विहान र साँझको समयमा मात्र खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
जिल्लामा संक्रमणको दर बढ्दै जाँदा कुश्मा नगरपालिकाले नगरको बजार क्षेत्रमा लक डाउन सहितको निषेषाज्ञा जारी गर्न अनुरोध गरेको थियो । बजार क्षेत्र बन्द रहेपनि मध्यपहाडी लोकमार्गमा पुर्व पश्चिम सवारी साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पाण्डको भनाई छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )