पोखरा, बैशाख-१५, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिरुद्द मादान गर्ने एक सांसद अनुपस्थित भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन् । उनको मोबाइल अफ रहेको र कुनै सांसदसँग उनको सम्पर्क नरहेको बताइएको छ ।
उनको दल जनमोर्चा नै गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीन सांसद रहेको जनमोर्चाका अन्य दुइ सांसद पियारी थापा र कृष्ण थापा भने उपस्थित रहेका छन् । उता स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि आजको बैठकमा अनुपस्थित रहेका छन् ।
यदि, आज नै मतदान भयो र खिमविक्रम शाही आइपुगेनन् भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )