काठमाडौं, वैशाख-१२ उज्यालो अनलाइनका पत्रकारलाई प्रहरीले घेराबन्दी गरेको छ । उज्यालो नेटवर्क डटकमको कार्यालयमा नै प्रहरीले घेरावन्दी गरेको हो । अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेका छन् ।
सो अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको जानकारी फेसबुक मार्फत गराएका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’
सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )