देबी जिसी, पर्वत, २९ चैत,
पर्वतको पैयुँ गाउँपालिकाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट राहत वितरण गर्नु भएको हो । तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रतिघर रु १० हजारका साथै अस्थायी बासस्थानका लागि पाल, त्रिपालसहितका सामग्री वितरण गरिएको छ ।
मन्त्री लम्सालले गर्मी बढिरहेको तथा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि प्रदेशका केही वनजङ्गलमा डढेलो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गर्नुभयो । मन्त्रि लम्सालले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
गत शुक्रबार दिउँसो साढे २ बजे जङ्गलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा पाँच घर र १५ गोठ जलेर पूर्ण क्षति पुगेको थियो । स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् । स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमासमेत आगलागीले क्षति पु¥याएको छ । पन्ध्र गोठ जलेको र भैँसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )