पोखरा, बैशाख-१७, पछिल्लो २४ घण्टामा गण्डकीमा २७४ जनामा कोरोना संक्रमित थपिएका छन् । आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीका ३१३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १६३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै गण्डकीका अन्य जिल्लामा म्याग्दीका १६ जनाको परीक्षण गर्दा ९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ, पर्वतका ३२ जनाको परीक्षणमा २ जना, बाग्लुङका ५८ जनाको परीक्षणमा २३ जना पोजेटिभ रिपोर्ट आएको छ
त्यसैगरी तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ, स्याङ्गजाका ३१ जनाको परीक्षण गर्दा ९ जना पोजेटिभ, गोरखाका ९१ जनाको परीक्षण गर्दा ४३ जना पोजेटिभ, लमजुङका ४ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ, नवलपुरका ४८ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् भने आज गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका -६ निवासी ८२ वर्षीया महिला, स्याङ्गजा जिल्ला अर्जुनचौपारी गाउँपालिका -५ निवासी ६२ वर्षीय पुरुष र मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका -४ निवासी ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )