पोखरा, बैशाख-१६, सम्पर्कविहीन भएका भनिएका जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।
उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।
राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको थियो ।
संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )