म्याग्दी, बैशाख-१४, म्याग्दीमा कोरोना संक्रमण तिब्ररुपमा फैलिएको आशंका गरिएको छ । मंगलबार मात्रै म्याग्दीमा पिसिआर परिक्षण गर्दा १३ जनामा र एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमणको अवस्थालाई नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिको बैठकले दोस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन म्याग्दी स्थित सिंगा, भुरुंग लगायतका तातोपानीका कुण्डहरु पूर्ण रुपमा बन्द गराउने निर्णय समेत गरेको छ । सदरमुकामका केहि निजि र सामुदायिक विद्यालयमा कोरोना संक्रमित विद्यार्थी भेटिएपछी बालबालिकालाई संक्रमणबाट जोगाउन बैशाख १५ गते बुधबार देखि २८ गते सम्म १४ दिनका लागि म्याग्दीका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द हुदैछन् ।
त्यसैगरी बिहेमा बाजागाजा नबजाउन, जन्ती मलामी जादा २५ जना भन्दा बढी जम्मा नहुन समेत आग्रह गरेको छ । त्यस्तै अभिभावकलाई आफ्ना नानिबबुहरुलाई जथाभावी बाहिर निस्कन नदिन र घरमै बस्न लगाउन समेत अनुरोध गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )