पोखरा, बैशाख-१४, गण्डकी प्रदेशमा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरी जम्मा ९७ जनामा कोरोना पुष्टि भएको भएको छ ।
यस्तै कास्की बाहिर गण्डकीका अन्य जिल्लामा म्याग्दी जिल्लाका २३ जनाको परीक्षण गर्दा १ जना, पर्वतका १७ जनाको परीक्षण गर्दा २ जना पोजेटिभ र बाग्लुङका ३४ जनाको परीक्षण गर्दा ४ जना पोजेटिभ तनहुँका २१ जनाको परीक्षण गर्दा ३ जना पोजेटिभ, लमजुङका १३ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ, नवलपुरका २६ जनाको परीक्षण गर्दा ३ जना पोजेटिभ, स्याङ्गजाका १९ जनाको परीक्षण गर्दा २ जना पोजेटिभ फेला परेका छन् ।
आज थपिएका ११३ संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ९ सय ५१ पुगेको छ, जसमा १००९ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३९ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै आज गण्डकीमा थप दुई संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -९ निवासी ८३ वर्षीय पुरुष र गोरखा जिल्ला पालुङटार नगरपालिका -५ निवासी ६७ महिला रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )