म्याग्दी, बैशाख-१३, कोरोना संक्रमण फैलिए पछी म्याग्दीका शैक्षिक संस्था बन्द हुने भएका छन् । सदरमुकामका विद्यालयका विद्यार्थी र शिक्षकहरु संक्रमित हुन थाले पछी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) ले बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसीएमसीको बैठकले पर्सि देखि बैशाख २८ गते सम्म जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
हाल कोरोना संक्रमणको जोखिम निकै बढेकाले पुनः विद्यालय बन्द भएकाले वैकल्पिक माध्यमबाटै सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्ने अवस्था आएको हो । गतवर्ष शिक्षण संस्था महिनौं बन्द भएपछि सरकारले विद्यालय तहको शैक्षिक सत्रलाई जेठ मसान्तसम्म पर सारेको छ । अधिकांश विद्यालय परीक्षाको तयारीमा रहेका छन् । सरकारको निर्णयपछि शैक्षिक सत्र नै अन्योलमा परेको छ ।
हाल बालबालिकामा संक्रमण दर उच्च देखिएको छ । शिक्षा मन्त्रालयले कोरोना फैलिए विद्यालय बन्दको निर्णय सम्बन्धित स्थानीय तहले गर्न सक्ने जानकारी गराएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )