पर्बत, बैशाख-१२, प्रतिनिधि सभाका माननीय सांसद पदम गिरीले पर्वत अस्पतालको निरीक्षण गर्नु भएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन उहाँले अस्पतालको निरीक्षण गर्नु भएको हो । कोरोना संक्रमण बढिरहेकोले त्यसको लागि पूर्ण तयारीका साथ रहन अनुरोध गर्नु भयो ।
उहाँले अस्पतालमा बिरामीको उपचारको लागी तयारीको अबस्था बारे बुझ्नुभएको हो । सांसद गिरीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न समेत अनुरोध गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, अस्पतालका प्रमुख डाक्टर तथा ब्यबस्थापन समिति संग छलफल गर्दै थप सहयोगका लागी प्रदेश र केन्द्र सरकारमा आफूले यथोचित पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )