आधुनिकता तिर ढल्कदै जाँदा नेपाली समाजमा रहेका नाता साइनो समेत सङ्कटमा पर्दै गएका छन् । समाज आधुनिकता तिर ढल्कदै जाँदा नेपाली समाजमा रहेका नाता साइनो समेत सङ्कटमा पर्दै गएका छन् । कृषिमा आत्मनिर्भर अर्थतन्त्रले कोल्टे फेर्दै गएपछि वैदेशिक रोजगारीमा युवाको लाम लाग्न थाल्यो ।
शिक्षा र चेतनामा आएको परिवर्तनले सानो र सुन्दर परिवारको कल्पनागर्न थालियो।संयुक्त परिवारको नेपाली शैली विखण्डित हुन थाल्यो । सहरी व्यस्त जीवनशै ली र रोजगारीका विविध कार्यव्यस्ताले सानो र सुखी परिवारको खोजी सुरुभएको बुझ्न सकिन्छ। सरकारले नारा नै बनायो दुईमात्र सन्तान, ईश्वरको वरदान।’ त्यसैले नेपाली समाजमा माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे, लखन्तरे, ठूलोकान्छो, सानो कान्छो जस्ता साइनो सङ्कटमा परेका छन् । यद्यपि जापान लगायत युरोपका केही देशमा सन्तान उत्पादन गर्न राज्यले नागरिकलाई प्रोत्साहित गरिरहेको अवस्था छ ।
गाउँघरमा लगाइने मितेरी साइनो समेत लोप हुँदैगएको छ। हिन्दी टेलिसिरियलको भद्दा अनुकरण गर्दै श्रीमान्लाई –बाबा र श्रीमतीलाई – बेबी’ भन्ने साइनो संस्कृति सहरमा मात्र होइन गाउँमा फैलिँदैछ । बा ’बिर्सिएर -ड्याडी’ र आमा’ छाडेर-ममी’ अँगालेको त धेरै भयो । अहिलेका केटाकेटी पुस्ता साथी’ भन्न छाडेर पाट’/दोस्त भन्छ । मनोविमर्शकर्ता लोचना शर्माका अनुसार विश्व व्यापारीकरणको जालोबाट बालबालिकालाई जोगाउन निकै हम्मे परिरहेको छ । राज्य, परिवार र समाजका लागि यो ठूलो चुनौती हो ।
श्रोत : युवामंच बैशाख अंक २०७८
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )