११ बैशाख, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा उहाँले काठमाडौं बल्खु की श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।
२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । बैशाख १२ को भूकम्पमा धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।
धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गर्नु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )