स्पेन, अप्रिल-२२, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा। बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक–एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
उता गेटाफेका इनेस उनलले एक गोल फर्काए । गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो ।जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ । बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा छ ।
यसै साता मात्र बार्सिलोनाले कोपा डेल’रेको उपाधि जित्न सफल भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )