पर्बत, बैसाख-९ पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द हुने भएका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । कुश्मा नगरपालिकामा बिहीबार बसेको सरोकारवालाको बैठकले भोलि शुक्रबारदेखि लागू हुनेगरी १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
छिमेकी जिल्लामा कोरोना संक्रमण दर उच्चरुपमा बढेकाले सदरमुकाम तथा आसपासमा समेत फैलन सक्ने अवस्थालाई हेरेर नगरपालिका भित्रका नीजि तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु तिवारीले जानकारी दिनुभएको छ ।
एक सातासम्म विद्यालय बन्द गरेर वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय भएको हो । १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएपनि १८ गते शनिबार परेकाले अब १९ गते मात्रै अवस्था हेरेर विद्यालय खुल्ने भएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )