काठमाडौँ, बैसाख – ५, त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो ।
पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य रनको योगफल पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ सय ७६ बनाउन सक्यो ।
कीर्तिमान बनाएका ओडाउटले कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन बनाएका हुन् । यस सँगै नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० क्रिकेटमा पहिलो शतक पनि भएको छ । उनले नट आउट १३३ बनाउँदा ६ छक्का र १५ चौका प्रहारगरेका थिए । यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको कीर्तिमान बनाएका थिए ।
ओडाउटलाई साथ दिएका विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए । मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १/१ विकेट लिए ।
१ सय ९२ रनको जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए । त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यान राम्रो स्कोर छुन सकेनन् ।
नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २/२ विकेट लिए । शृखंलामा दोस्रो खेल खेल्दा पहिलो जित निकालेको नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोली नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )