काठमाडौँ, बैसाख -५, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले तत्काल शैक्षिक संस्था बन्द गर्न सुझाव दिएका छन् । दोस्रो चरणको कोरोना महामारी फैलिएको र यसबाट सबै भन्दा बढी प्रभावित १८ वर्ष भन्दा मुनिका बाल बालिका रहेकोले शैक्षिक संस्था बन्द गर्न सुझाव दिएका हुन् ।
कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सहभागी भएका काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुले विद्यार्थीहरुमा संक्रमण फैलिन थालेकाले तत्काल उपत्यकाका सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।
विद्यालयसँगै भीडभाड हुने क्षेत्र, होटल, रेस्टुरेन्टलगायतलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ । बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले ततकाललाई वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । जोखिमको अवस्था हेरेर पछि थप निर्णय लिनुपर्ने उनको सुझाव रहेको छ ।
शनिबार बसेको सीसीएमसीको आकस्मिक बैठकले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो । सीसीएमसीको प्रस्तावपछि तीन जिल्लाकै प्रजिअसँग सीसीएमसीले यससन्दर्भमा छलफल र रायसुझाव मागेको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )