म्याग्दी, बैसाख ४ – रघुगङ्गा गाउँपालिका–२ भगवती म्याग्दीमा विश्वहिन्दू महासंघ गठन भएको छ । ध्रुब अधिकारीको अध्यक्षतामा १३ सदस्यिय वडा स्तरीय महासंघ गठन भएको हो । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल, सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की, रेशबहादुर भण्डारी, चेतनाथ सुवेदी, नारायण शर्मा, रुपा थापा, गीता मल्ल, अमृत पौडेल, र मित्रलाल शर्मा चयन हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्वहिन्दू महासंघ गण्डकी प्रदेशका सचिव लोकनाथ भुषालले यतिखेर देशमा हिन्दूहरुलाई विभाजित गर्न अनेकौ हत्कण्डा अपनाइएको बताउनुभयो । उहाँले अव हुने राष्ट्रिय जनगणनामा क्षेत्री र बाहुनलाई विभाजित गर्न मष्टो धर्म र खस जातीका कुरा ल्याएको समेत बताउनु भयो । आर्थिक प्रलोभनमा परेर हिन्दू धर्म भित्रका केही कमजोरीहरु खोज्दै हिन्दू धर्मावलम्विहरुको जनसंख्या थोरै देखाउन केहि तत्व लागि परेको उहाँको भनाई थियो ।नेपालबाट नेवार, राणा, र शाहहरु सिध्याएर अव विदेशीहरुको नजर नेपालका ब्राम्हण/क्षेत्रीहरुतर्फ सोझिएको उहाँको तर्क थियो ।
विशिष्ट अतिथि विश्वहिन्दू महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सबै धर्मको सम्मान हुनुपर्ने तर बलपूर्वक कसैले धर्म परिवर्तन गराएको पाएमा कानून अनुसार कारवाही गर्नुपर्ने बताउनु भयो । आर्थिक प्रलोभन तथा विमार निको हुने प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गिरोहहरु खुलेआम सक्रिय हुँदापनि राज्य मौन रहेको आचार्यले बताउनु भयो ।
सोही कार्यक्रमा विश्व हिन्दूमहासंघ बेनपा–८का अध्यक्ष रामचन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । स्थानीय समाजसेवी चेतनाथ सुवेदी, देवेन्द्रबहादुर मल्ल, तुलबहादुर वि.क.लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ वितरण गरिएको श्रीमद्भागवत गीतालाई दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेश कार्य समितिले उपलब्ध गराएको थियो । विश्व हिन्दूमहासंघ रघुगंगा गाउँपालिकाका अध्यक्ष लक्ष्मीनाथ शर्माको अध्यक्षता, सचिव दण्डपाणि सुवेदीको स्वागत र युवा पण्डित दामोदर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो लोकनाथ भुषाल घायलश्रीले जलजला अनलाईनलाई बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )