बैसाख ३- रामपुर कृषि क्याम्पस चितवनमा दुई विद्यार्थी संगठनबीच दोहोरो झडप हुँदा चारजना विद्यार्थी घाइते भएका छन् । नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच शुक्रबार दोहोरो झडप भएको चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताएका छन् ।
हतियार सहित आएको समूहले आक्रमण गर्दा नेविसंघका दिपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले विद्यार्थी नेतामाथि सांघातिक हमला भएको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
विश्व विद्यालयलाई वैचारिक राजनीतिक गर्ने थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास कुनै पनि पक्षबाट हुन नहुने भन्दै उनले डर र त्रासको वातावरण सिर्जना गरी राजनीतिक आधार गर्ने सपना नदेख्न चेतावनी समेत दिएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )