पर्बत, बैसाख २- लामो समयपछि परेको बर्षाका कारण कृषक खुशी भएका छन् । बैसाख २ गते ४ बजे देखि करिव डेढ घण्टा सम्म भएको बर्षाका कारण मकै छर्ने पर्खाइमा बसेका कृषकहरु खुशी भएका हुन् । देशै भरिका सामुदायि बनमा लागेको डढेलो, धुँवा र धुलोका कारण ३ साता देखि बाख्लो तुवाँलो लाग्ने गरेको थियो । केहिदिन देखि तापक्रम समेत एक्कासी बढेपछी गर्मि शुरु भएको थियो ।
यस क्षेत्रमा अधिकांस कृषक आकासे पानीमै निर्भर रहने गर्दछन । हिउंदमा पर्याप्त बर्षा नभएका कारण गहुँ जौ उवा तोरी लगायतका बाली बारीमै सुक्ने अवस्था रह्यो । झन् पछिल्लो समय खडेरी लम्बिए पछी आलु मकै लगायतका बालिला असर गरेको र बैसाखमा मकै छर्न खेत बारी खनजोत गर्न समेत नपाएको जलजलाका कृषकले बताउदै आएका छन ।
नयाँ बर्षको दोश्रो दिन दिउसो ३ बजेदेखि नै एकासी अध्यारो भएको थियो । ४ बजे पछी मेघ गर्जन र चट्यांग सहित पानी परेको छ । पर्बत बाग्लुंग र म्याग्दीका कृषकहरु खुसि भएको र आकासमा लागेको बाक्लो तुँवालो हट्ने देखिएको छ ।
एक्कासी दिउसै झमक्कै साँझ परेजस्तो भएपछी सबै त्रसित बनेका थिए । विद्यालय तुरुन्तै बन्द गरिएको थियो थियो भने अहिले सम्म यस्तो अवस्था नदेखेको धेरैले बताए । सामुदायिक बनमा जताततै लागेको डढेलो समेत आजको पानीले निभाउन सहयोग पुगेको छ भने तुवालो हटेर आकास खुल्ने आशा गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )