काठमाडौं, चैत ३१ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयले यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव समेत दिएको छ ।
अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा बढी देखिएकोले विद्यालय र कलेज बन्द गर्दा यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्दगर्न सुझाव दिएको हो । विद्यालय कलेज बन्द गरी अनलाइनमार्फत पठनपाठन गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
मन्त्रीका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर निर्णय हुन बाँकी रहेको बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )