बागलुङ, चैत३० – बागलुङमा नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार देखि शुरु भएको प्रतियोगितामा ६ वटा बिधामा ५ सय ५० विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगितामा मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते र उसु, छात्रछात्रा भलिबल प्रतियोगिता, कब्बडी र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ ।
खेलमा एथलेटिक्सतर्फ ९० स्वर्ण, ९० रजत र ११० कास्य पदकका लागि विद्यार्थीले खेल प्रर्दशन गरिरहेका छन् । आइतबार १ सय, २ सय मीटर, ८ सय र १५ सय मीटर दौड, लङजम्प, सटफुट, त्रिपलजम्प र ज्याव्लिङ थ्रो लगायतका खेल सम्पन्न भएका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले बालबालिकाको क्षमता बिकास गर्ने र खेलबाट पनि भविष्य छ भन्ने बुझाउन यस्ता खेल प्रतियोगिता संचालन भइरहनुपर्ने बताउनु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, ससबहादुर पुनको संचालन र निमित्त समन्वय अधिकारी खिमबहादुर बिकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )