म्याग्दी, चैत-२९, नयाँ बर्षको अवसरमा आयोजना गरिएको सांस्कृतिक महोत्सव स्थगन भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले नयाँ वर्ष २०७८ को अवसरमा बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मन्चमा संस्कृतिक महोत्वसको आयोजना गरेको थियो ।
देशमा कोरोनाको संक्रमण बढ्दै गएको र २५ जना भन्दा बढी जम्मा नहुन सरकारले आग्रह गरेपछि कार्यक्रम स्थगन गर्नु परेको प्रतिष्ठानले बताएको छ । “हामीले सम्पूर्ण तयारी पुरा गरेका थियौं तर केहि दिन देखि देशमा कोरोनाको संक्रमण बढ्न थालेपछि कार्यक्रम स्थगन हुन सक्ने अबस्था आउदछ भन्ने लागेको थियो र स्वास्थ्यको अवस्थालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेपछि हामीले स्थगन गर्ने निर्णय गरेका हौँ “अध्यक्ष देबेन्द्र घिमिरेले बताए ।
प्रतिष्ठानले एक बिज्ञप्ती जारी गर्दै सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको र परिस्थिति सामान्य भएमा तुरुन्तै कार्यक्रम गर्ने जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )