म्याग्दी चैत २५, प्रभु बैंक बेनीका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पाेजेटिभ भएकाे पुष्टि भएसंगै २०७७ चैत २४ देखि १० दिनसम्म बैंक बन्द गरिएको छ । कोरोना संक्रमण समुदायमा नफैलियोस भनेर बैंक कारोबार बन्द गरिएको प्रभु बैंकले जनाएको छ ।
एक बिज्ञप्ती जारे गर्दै बैंकले सो कुरा जनाएको हो । म्याग्दीमा काेभिड १९ काे संक्रमण फैलिरहेकाे पाइएकाेले अनावश्यक भिडभाड नगर्न, जनस्वास्थ्यकाे मापदण्ड पूर्ण रुपमा पालना गर्न गराउन तथा शंका लागेमा नजिककाे स्वास्थ्य संस्थामा तत्कालै संपर्क गर्न जिल्ला प्रशाशन कार्यलयले जनहितमा सुचना समेत जारी गरेको छ ।
म्याग्दीमा केहि दिन पहिला अन्नपुर्ण गाउँपालिका नारच्यांग को हाइड्रो पावरमा कम गर्ने १२ जना भारतीय मजदुरमा कोरोना पुष्टि भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )