चैत २३, फेसबुक प्रयोग गर्नेहरु ५३ कराेड प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ । फेसबुकका मालिक मार्क जुकरबर्ग समेतको व्यक्तिगत विवरण लिक भएको हो ।
ह्याकिङ साइबर अपराध अनुसन्धान कम्पनी हडसन रकका प्रमुख प्राविधिक अधिकृत एलोन गालका अनुसार १ सय ६ देशका ५३ करोड ३० लाख (५ सय ३३ मिलियन) प्रयाेगकर्ताकाे डाटा चाेरी भएको हो ।
यो ह्याकिङबाट ३ करोड २० लाख अमेरिकी, ६ करोड भारतीय, १ करोड २० लाख बेलायती नागरिक प्रभावित बनेको सीएनएनले उल्लेख गरेकाे छ । ‘नाम, फोन नम्बर, जन्म मिति, फेसबुक आईडी, ईमेल ठेगाना बायोग्राफिकल विवरण लिक भएको हो’, गालले भने ।
साइबर सुरक्षा अनुसन्धानकर्मी डेभ वाकरले ट्वीट गर्दै फेसबुकका सीईओ मार्क जुकरबर्गको फोन नम्बरसहितका विवरणसमेत ह्याक भएको बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )