चैत २३, पोखरामा जारी १९ औं संस्करणको प्रतियोगिता अन्तर्गत संकटा क्लबसंग पराजित हुँदै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार भएको खेलमा संकटाले मनाङलाई १-० ले पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा संकटालाई जिताउन विदेशी खेलाडी फोफो माले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै संकटालाई जिताउन पर्याप्त बन्यो ।
प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् । यसअघि नै विभागीय टोली एपीएफ क्लब र अफ्रिकन रुट एसोसिएसन सेमिफाइनलमा पुगिसकेका छन् ।
सहारा क्लबको आयोजना भइरहेको प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )