चैत १५, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच तीन महिनापछि भेटवार्ता भएको छ । गत ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको थिएन ।
आइतबार भने प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित उनको सरकारी निवास पुग्नु भएको हो ।
भेटमा संसदमा विचाराधीन विधेयक अघि बढाउने तथा कसरी सहज रुपमा संसद संचालन गर्ने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनु भएको छ ।
प्रतिनिधि सभा विघटनपछि मन्त्री हेरफेर हुँदा सभामुख सापकोटा नयाँ मन्त्रीको सपथमासमेत जानु भएन भने सेना दिवसका दिन सैनिक मञ्च टुँडीखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटा आमने सामने भएपनि बोलचाल भएको थिएन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )